इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ८ !
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीआ बुधबार बाँडफाँट सम्पन्न भएको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । क्यापिटलले बाँडफाँड गर्दा ८ नम्बर बल लक्की रहेको छ ।
कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ५५२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ । योग्य आवेदक २३ लाख ७०६ जना रहेका छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँट गरिएको छ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा ५१ हजार ६७० जनाले कम्पनीको आईपीओ पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकि रहन्छ । उक्त ८ कित्ता ८ जनालाई ११ कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।













