टिकाथलिमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

टिकाथलिमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन



काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलिमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

फागुन ४ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्नेछ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजिले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको टेककेयर टेक्नोलोजिले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका संचालक दिपक थापाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्