क्यूआरकोडसहितको डिजिटल भिसा दिन सुरु « Arthapath.com
८ फाल्गुन २०७८, आईतवार

क्यूआरकोडसहितको डिजिटल भिसा दिन सुरु



काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत मुलुकका सबै अध्यागमन नाकाहरुबाट डिजिटल भिसा दिन सुरु गरेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका हुन् ।

गृहसचिव पाण्डेले नेपाली मुलका बेलायती नागरिक मन्जील पूनलाई ३० दिनको पर्यटक भिसा दिएर क्यूआरकोडसहितको प्रिन्टेड भिसा दिएका थिए । अध्यागमन विभागले हस्तलिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली सुरुवात गरेको हो ।

क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले भिसा उत्पन्न गरी छाप्ने गर्दछ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले क्यूआरकोड सहितको प्रिन्टेड भिसा सुरु भएको बताए ।

उनले भने,’ अब विगतमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट हुँदैन । सेवा समेत छिटो र छरितो हुन्छ ।’ कार्यक्रममा गृहका सहसचिव फडिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई लगायतको उपस्थित थियो ।


प्रतिक्रिया दिनुहोस्