सनराइज, नेपाल बङ्गलादेश, लक्ष्मी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकाे २ करोड ६७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सनराइज बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी कूल २ करोड ६७ लाख ५८ हजार ५६४.४१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसैगरी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस शेयर बापतको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक बर्ष २०७५–७६ को नाफाबाट कायम चुक्ता पूँजीको ५.५००४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।