इमर्जिङ्ग नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

इमर्जिङ्ग नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । कम्पनीको आइपीओ विक्रीको जिम्मेवारी पुरा गरेको एनआईसी एशिया क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको हो ।

क्यापिटललाई फागुन ९ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी कम्पनीले सुचना मार्फत दिएको छ । अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरुको लगत अद्यावधि गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।

यस कम्पनीले माघ २६ गते देखि फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी फागुन ४ गते बाँडफाँट गरेको थियो । आईपीओ विक्री बन्द भएको तीन दिनभित्र आईपीओ बाँडफाँट गर्न सफल भएको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम समेत जिम्मेवारीपूर्वक गर्नेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि प्रकृया अघि बढाईसकिएको जानकारी क्यापिटलले दिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशलमव ११ रहेको कम्पनीले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारको लागि न्यूनतम रू. १०५ दशलमव ११ देखि अधिकतम रू. ३१५ दशमलव ३३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । नेप्सेले पहिलो कारोवारको लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणा सम्मको मूल्य रेञ्ज व्यवस्था रहेकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्