२५.४१ अंकले बढ्यो नेप्से, २ अर्ब ९९ करोड बढीको कारोबार

काठमाडौं । सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से २५.४१ अंकले वृद्धि भएर २७ सय १८.५१ विन्दुमा बन्द भएको हो ।
यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले बढेको छ । सेन्सेटिभ इण्डेक्स ५.१५ अंकले बढेर ५१८.७९ पुगेको छ । यसदिन २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा खरिदबिक्री भयो ।
यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ । जलविद्युत समूहको सूचक सर्वाचिक २.२४ प्रतिशतले बढेको छ । यस्तै अन्य समूहको सूचक १.२५ प्रतिशतले बढ्दा लगानीको १.२३, होटल र पर्यटनको १.१६, फाइनान्सको १.२ प्रतिशतले सेयर मूल्य बढेको हो ।