एनएमबि ५० को न्याभ घटेसँगै नाफा पनि घट्यो

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
माघ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ०७ पैसामा सिमित भएको छ । पौष मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ५० पैसा रहेको थियो । पौष मसान्तसम्मको तुलनामा ४३ पसाले न्याभ घटेको हो ।
माघ मसान्तसम्म धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ । माघ मसान्तसम्म विवरण अनुसार माघ मसान्तसम्म योजनाले धितोपत्रमा धितोपत्र दलाल कमिशन सहित १ अर्ब १९ करोड १६ लाख ४१ हजार २३१ रुपैयाँ लगानी गरेको छ ।
उक्त फण्डले २०७८ साउनदेखि २०७८ माघसम्मधितोपत्र कारोबार गर्दाको लागत (धितोपत्र दलाल कमिशन, सेबोन शुल्क, डिपि शुल्क) ४२ लाख ४१ हजार ८७३ रुपैयाँ रहेको छ ।
उक्त योजनाले बैंकको मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनको धितोपत्र तथा अन्य लगानीको मूल्य १ अर्ब ६७ करोड ८ लाख १४ हजार रुपैयाँ गरेको छ । पौष महिनामा १ अर्ब ७५ करोड ५२ लाख ४ हजार रुपैयाँ गरेको थियो ।
उक्त योजनाको पौष महिनाको तुलनामा माघमा नाफा घटेको छ । पुस मसान्तसम्म ६ करोड ७४ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा माघ मसान्तसम्म १ करोड ३० लाख ९५ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।
त्यस्तै, एनएमबि ५० ले पौष महिनामा ८ करोड ६५ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेकोमा माघ महिनामा घटेर ३ करोड ५४ लाख १८ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
