दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि



काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ५८.९९ अंकले ओरालो लाग्दा कारोबार रकम भने बढेको छ । यसदिन २६ सय ६१ दशमलव ४४ विन्दुमा बन्द हुदाँ ४ अर्ब २९ करोड बराबरको सेयर कारोबार भयो ।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ । सेन्सेटिभ इण्डेक्स १०.३६ अंकले घटेर ५०७.५८ पुगेको छ । यसदिन २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रकमको कारोबार भएको हो ।

जुन बुधबार भने ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन कारोबारमा आएका १३ वटा समुहको सूचक घटेको छ ।


प्रतिक्रिया दिनुहोस्