सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ घटेर ११.९७ रुपैयाँ

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । उक्त फण्डको न्याभ पौष महिनाको तुलनामा माघमा घटेको छ । पौष महिनामा १२ रुपैयाँ ५६ पैसा रहेकोमा माघ महिनामा घटेर ११ रुपैयाँ ९७ पैसामा सिमित भएको छ ।
त्यस्तै, सो योजनाको नाफा पौष महिनामा २ करोड १२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको थियो । तर माघमा नाफा घटेर १ करोड १९ लाख ४३ हजार रुपैयाँमा सिमित भएको छ । यता पौष महिनामा २ करोड ८१ लाख ९ हजार रुपैयाँ आम्दानी गरेकोमा माघ महिनामा घटेर४१ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ ।
सो योजनाको बैंकको मुद्दती निक्षेपमा भने लगानी बढाएको छ । पौष महिनामा ४ करोड रुपैयाँ लगानी गरेकोमा माघमा भने ५ करोड रुपैयाँ लगानी गरेकोे छ । त्यस्तै, बैंकको मुद्दती निक्षेपसहित योजनाको धितोपत्र तथा अन्यमा ६० करोड ४० लाख ६४ हजार रुपैयाँ गरेको छ । पौष महिनामा ६१ करोड ९० लाख ४ हजार रुपैयाँ लगानी गरेको थियो ।
सो योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिवेञ्चर समेत गरि माघ मसान्तसम्म लगानीको परल मूल्य (धितोपत्र दलाल कमिशन, तथा कारोबार शुल्क समेत) गरी ५५ करोड ३२ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
