एनआईसी एशिया सेलेक्ट ३० फण्डको न्याभ १० रुपैयाँ २४ पैसा

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया सेलेक्ट ३० फण्डले माघ मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ ।
माघमा उक्त योजनाको फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) स्थिर रहेर १० रुपैयाँ २४ पैसा रहेको छ ।
फण्डले धितोपत्र दलाल कमिशन तथा कारोबार शुल्क वापत २६ करोड १७ लाख २२ हजार रुपैयाँ रहेको छ ।
सो योजनाको पौष महिनामा ३ करोड ७० लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमो माघमा ३ करोड ७६ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ ।
सो योजनाले बैंकको मुद्दती निक्षेप सहित अन्यमा ४४ करोड ६४ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।
