खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानीले ल्यायो क्यासब्याकको अफर

काठमाडौं । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १० प्रतिशत क्यासब्याकको अफर पनि ल्याएको छ ।
समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ। प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक १०० रुपैयाँसम्म पाउनका लागि प्रोमोकोड नेशनल १० प्रयोग गरि प्राप्त गर्नसक्नेछन्।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट यस प्रकार तिर्न सकिन्छ :
–खल्ती एप लग(इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
–“नेशनल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
-डिओबी र पोलिसी नम्बर भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
-अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
५००० रुपैयाँ माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।