नेप्सेमा कहिले सूचीकृत हुन्छ जाल्पा सामुदायिक, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओ ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा कहिले सूचीकृत हुन्छ जाल्पा सामुदायिक, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओ ?



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट सम्पन्न भईसकेको छ । तीन वटै कम्पनीको आईपीओ मध्ये जाल्पा सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको आईपीओ एक दुई दिन भित्र नै नेप्सेमा सूचीकृत हुनेछन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १ गते आइतबार बाँडफाट सम्पन्न भएको थियो । लघुवित्तको आईपीओ आइतबार साँझसम्म आरटिएस लगायत सबै कुराहरु सम्पन्न भइसक्ने लघुवित्तले जनाएको छ । लघुवित्तका अुनसार भोलि वा पर्सिसम्म डिम्याट खातामा लघुवित्तको आईपीओ आईपुग्ने छ ।

अन्तिम दिनसम्ममा लघुवित्तको आईपीओमा २७ लाख ९ हजार ८५५ वटा आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताका लागि आवेदन परेको थियो । तर लघुवित्तको आईपीओमा २५ लाख ८७ हजार ४१२ जना आवेदकको ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयर भेरिफाइ भएको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४८ हजार ७९० जनाले लघुवित्तको आईपीओ पाएका छन् ।

लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता म्युचुअल फण्डका लागि र बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्ट्याइएको थियो ।

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीआ फागुन ४ गते बुधबार बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीको आईपीओ बुधबारसम्म नेप्सेमो सूचीकृत हुन सक्ने सम्भावना छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिलका अनुसार सबै डकुमेन्ट नेप्सेमो पठाइसकेको छ । यसै साता भित्र कारोबार गर्ने गरी नेप्सेमा पठाइसकेको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ५५२ जनाको आवेदन विभिन्न कारणले रद्द भएको थियो भने योग्य आवेदक २३ लाख ७०६ जना रहेका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा ५१ हजार ६७० जनाले कम्पनीको आईपीओ पाएका थिए । जसमा १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकि रहन्छ । उक्त ८ कित्ता ८ जनालाई ११ कित्ताका दरले बाँडफाँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जनाएको छ ।

कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । लघुवित्तको आईपीओ यो महिनाको अन्तिम दिनसम्म नेप्सेमा सूचीकृत भइसक्ने क्यापिटलले जनाएको छ । छिटोमा अर्काे साताको शुक्रबारसम्म सूचीकृत हुन सक्ने तर यदि शुक्रबारसम्म नभएमा यो महिनाको अन्तिम दिनसम्म नेप्सेमा सूचीकृत हुने क्यापिटल बताउँछ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जना आवेदन परेको थियो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाका अनुसार ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता शेयर मात्रै योग्य रहेको थियो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको थियो । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाएका थिए ।

लघुवित्तले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्