नेप्से परिसुचक ६३.९८ अंकले घट्यो, ३ अर्ब ६२ करोड बराबरको कारोबार « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्से परिसुचक ६३.९८ अंकले घट्यो, ३ अर्ब ६२ करोड बराबरको कारोबार



काठमाडौं । सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से ६३.९८ अंकले ओरालो लागेको छ ।यसदिन २५ सय ४६ दशमलव ६० विन्दुमा बन्द हुदाँ ३ अर्ब ६२ करोड बराबरको सेयर कारोबार भयो । यस्तै सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घटेको छ ।

सेन्सेटिभ इण्डेक्स ११.५२ अंकले घटेर ४८८.६९ पुगेको छ । यसदिन २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रकमको कारोबार भएको हो ।

यसदिन कारोबारमा आएका १३ वटै समुहको सूचक घटेको छ । भने नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८८ वटा कम्पनी घटेका छन् भने ३ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.२६ प्रतिशतले घटेर प्रतिकित्ता ६३१ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्