नेप्सेमा सूर्या लाइफ, प्रिमियर इन्स्योरेन्स र सेञ्चुरी बैंकको ९६ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा सूर्या लाइफ, प्रिमियर इन्स्योरेन्स र सेञ्चुरी बैंकको ९६ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी कूल ९५ लाख ९९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस शेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस शेयर बापतको २८ लाख ७३ हजार ८७६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १५ लाख ३१ हजार २४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्