फोर्स गुर्खा 4x4x4 टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

काठमाडौं । केही समय अगाडी मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा 4x4x4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।
नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन फाल्गुन १८ गतेका उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरेका छन् । साथै यसका विशेषताहरुको भरपुर आनन्द लिएका छन् ।
टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकहरुको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्शकता वृद्धी रहेको जानकारी दिएका छन् ।
इच्छुक ग्राहकहरुले फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउनेछन् । पोखरामा रहेको टेष्ट ड्रईभ क्याम्पियन पश्चात नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।