डा. पवन मुञ्जलद्वारा ईलेक्ट्रीक मोबिलिटीको नयाँ ब्राण्ड भिआइडिए बजारमा आउने घोषणा !

काठमाडौं । मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लक्ष्यको लागि अथक प्रयासलाई निरन्तरता दिँदै आगामी विद्युतीय सवारी साधनहरू ९भ्ख्० लगायत यसको आउँदो मोबिलिटी समाधानहरूको लागि हिरोद्वारा एकदमै नयाँ पहिचान बनाउन भिडा भिआइडिए, अनावरण गरेको छ ।
बिहीबार साँझ दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित एक पृथक प्रकारको कार्बन न्यूट्रल कार्यक्रममा हिरोद्वारा पावर्ड भिआइडिएलाई प्रस्तुत गर्दै, हिरो मोटोकर्पका अध्यक्ष र सीईओ डा. पवन मुञ्जालले पनि १०० मिलियन अमेरिकी डलरको ग्लोबल सस्टेनेबिलिटी फण्डको घोषणा गरेका थिए । कोषले बिएमएल मुञ्जल विश्वविद्यालय (BMU) र हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव पार्ने इएसजी सोलुशनसमा १०,००० भन्दा बढी उद्यमीहरूलाई बढावा दिने उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राख्नेछ ।
दिगोपनमा ध्यान केन्द्रित भएर भावी पुस्ताहरूका लागि अर्थपूर्ण संसारको रचना गर्ने लक्ष्यका साथ, डा. मुञ्जालले कार्यक्रममा आफ्नो लक्ष्यलाई जीवनमा ल्याउनका लागि केन्द्रित कार्य–बिन्दुहरू उल्लेख गरे ।
हिरोद्वारा पावर्ड भिआइडिएको नयाँ ब्रान्डको लोगो र सनराइजु भिजुअल पहिचान अनावरण गर्र्दै डा. पवन मुञ्जालले भने, भिआइडिएको अर्थ जीवन हो, र ब्राण्डको एकमात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो । हामीलाई विश्वास छ कि हामीले हाम्रा सन्तती र अगामी पुस्ताको लागि जे निर्माण गरिरहेका छौं, त्यसका लागि यो नाम ज्यादै उपयुक्त छ । यो वास्तवमैै केहि विशेष कुराको सुरुवात हो । संसारलाई अझ राम्रो स्थान बनाउनको लागि आजबाट मात्र १७ हप्तामा हामी हाम्रो भिआइडिए प्लेटफर्म, उत्पादन र सेवाहरू अनावरण गर्नेछौं ।
“जब म हाम्रा भावी पुस्ताहरू, विशेष गरी मेरा नाति–नातिनाहरूलाई देख्छु, मलाई केवल आशावादी भविष्य, सकारात्मक ऊर्जाको भविष्य, स्वच्छ भविष्य निर्माण गर्ने इच्छा जाग्छ, जहाँ सबैका लागि केही न केही विशेष हुनेछ र सबै ठूलो कुरामा सहभागी हुन सक्नेछन् । भिआइडिएको सृजनासँगै हामी सबैलाई आफूले चाहेको बाटोमा अघि बढ्दै विस्तार हुन, बढ्न र राम्रोसँग बाँच्ने अवसर प्रदान गर्नेछौं । यो पहललाई म अगाडिबाटै अगुवाइ गनेर्छु,’ डा मुञ्जालले भने ।
भविष्यका लागि तयार रणनीतिको केन्द्रीय स्तम्भको रूपमा, विश्वभर गतिशीलता परिवर्तनको नेतृत्व गर्न डा. मुञ्जालले नयाँ ब्रान्डको अनावरण गरेका छन् । हिरोद्वारा पावर्ड भिआइडिए, त्यो ब्राण्ड हुनेछ जस अन्तर्गत हिरो मोटोकर्पले विकासशील गतिशीलता समाधानका लागि पहलहरू प्रस्तुत गर्नेछ । जसमध्येको पहिलो विद्युतीय सवारी साधन आधिकारिक रूपमा जुलाई १, २०२२ मा अनावरण गरिनेछ, डा. बृजमोहन लाल, हिरो मोटोकर्पका सम्माननीय अनुभवी अध्यक्ष एमेरिटस ।
नयाँ भिआइडिए मोडलको उत्पादन भारतको चित्तूरमा रहेको हिरो मोटोकर्पको ‘ग्रीन’ उत्पादन केन्द्रमा हुनेछ । सन् २०२२ को अन्तिम तिर ग्राहकहरूलाई बेच्न/प्रदान गर्न सुरु हुनेछ ।
एक किसिमको पृथक कार्यक्रममा विश्व विचारधाराका लिडरहरू, सरकारका वरिष्ठ प्रतिनिधिहरू र युएईमा रहेका कूटनीतिक निकायहरू, नीति निर्माताहरू र हिरो मोटोकर्पका विभिन्न सरोकारवालाहरू, सञ्चालक समिति, विश्वभरका वरिष्ठ कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो, जहाँ डिलरहरूदेखि विश्वव्यापी वितरकहरू, आपूर्ति श्रृंखला साझेदारहरू र अन्य सहयोगीहरू उपस्थित थिए ।