मंगलबार बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द

काठमाडौं । मंगलबार बैकिङ्ग सेवा बन्द हुने भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका हुन् ।
राष्ट्र बैंकका अनुसार भोलि मंगलबार (फागुन २६ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका हुन् ।
त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि मंगलबार बन्द हुने भएको छ । मंगलबार शेयर कारोबार पनि बन्द रहने र बुधबार मात्रै खुल्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले जानकारी दिए ।