रौतहटमा १९ वर्षीय युवकलाई कोरोना संक्रमण, नेपालमा संक्रमित १४ पुगे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रौतहटमा १९ वर्षीय युवकलाई कोरोना संक्रमण, नेपालमा संक्रमित १४ पुगे



काठमाडौँ । रौतहटमा पनि कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परेका छन्।

क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्