नेप्सेमा २७ लाख २२ हजार कित्ता शेयर सूचीकृत

काठमाडौ. । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार गरिमा विकास बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ ।
बैंकले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गरेपशचात कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरको २७ लाख २२ हजार ७०६.०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको उक्त शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
