डिशहोमको इन्टरनेट ग्राहक संख्या १ लाख भन्दा बढी
काठमाडौं । डिशहोमको इन्टरनेटमा ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । छिटो छरितो सेवा दिईरहेको डिशहोमको इन्टेरनेट प्रयोगकर्ताको संख्या एक बर्षमा नै १ लाखभन्दा बढी पुगेका छन् । इन्टरनेट सेवा शुरु गरेको छोटो समयमा नै ग्राहक संख्या १ लाखभन्दा बढी पुगेको डिश मिडिया नेटवर्कले जनाएको छ ।
एक बर्षअघि डिशहोमले इन्टरनेट सेवा सञ्चालन गरेको थियो । पछिल्लो समय कम्पनीले नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको छ । डिश मिडिया नेटवर्कका अनुसार सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको थियो । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले देशका मुख्य सहरहरूमा फाइबर नेट विस्तार गरिरहेको छ ।
साथै डिशहोमले नेपालमा पहिलो पटक स्याटलाइट इन्टरनेट सेवा सुरु गर्ने तयारी पनि गरिहरेको छ । कम्पनीले छिट्टै नै उक्त सेवाको परीक्षण सञ्चालन गर्ने भएको हो ।


















