हुन्डाईले ल्यायो वेस्ट वाई योजना, ४ लाख रुपैयाँसम्म नगद छुट

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई वेस्ट वाइ” योजना ल्याएको छ । यो योजना नेपाल अधिराज्यभर लागु हुने छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन् ।
यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको Best Buy बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ । नयाँ वेस्ट वाई योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने छ । यो योजना चैत्र १९ सम्म लागु हुने छ ।