जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार आइतवार देखि हुने, आईपीओ नेप्सेमा सूचीकृत « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार आइतवार देखि हुने, आईपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । शुक्रवार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता आइपीओ सुचिकृत भएको हो ।

अव कम्पनीको शेयर आइतबार देखि कारोबारमा आउनेछ । कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनु पर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने नेप्से मार्फत जानकारी गराएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट बीर बहादुर अधिकारी र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट कृष्ण बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

लघुवित्तले २०७८ माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपिओको बाँडफाँड फाल्गुण १ गते सम्पन्न गरी आइपिओमा शेयर पाउने शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।

लघुवित्तले प्रभु क्यापिटललाई फाल्गुण १३ गतेदेखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्य गर्नुका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।


प्रतिक्रिया दिनुहोस्