कृषि विकास बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत्र १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.१० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ ।
बैंकले मुद्दती निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म दिने भएको छ । बैंकले एडिबिएल रेमिट्यान्स मुद्दती निक्षेपमा भने १२.०३ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
