शेयर बजारमा दोहोरो अंकको गिरावट, एनटिसीको शेयर मूल्य घट्यो
काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरि घटबढ हुँदै कारोबार बन्द हुने समयमा दोहोरो अंकले घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ अंकमा बनद भएको छ । त्यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर ४६ हजार २८७ पटक किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार होटल तथा पर्यटन समूह ३.१६ प्रतिशत, निर्जीवन बीमा समूह ०.५६ प्रतिशत, जीवन बीमा समूह ०.७२ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ्क समूह ०.६८ प्रतिशत, ब्यापार समूह १.०६ प्रतिशत, विकास बैंक समूह ०.२८ प्रतिशत, जलविद्युत समूह १.४४ प्रतिशत, फाइनान्स समूह ०.५१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ तथा प्रो. समूह १.६२ प्रतिशत, अन्य समूह १.५१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७७ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.८२ प्रतिशतले शयेर मूल्य घटेको छ ।
मंगलबार इमर्जिङ नेपालको शेयर मूल्य ९.९८ प्रतिशत बढेको छ भने एनटिसीको शेयर मूल्य ५.१३ प्रतिशतले घटेको छ ।
















