नेपालमा क्रिप्टो, हाइपर, अनलाइन जुवाका एप र वेबसाइट बन्द

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारोबारी एप र वेबसाइट बन्द गरिने भएको छ । नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगि बढेपछि सरकारले नियन्त्रणको लागि नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्ने भएको हो ।
संचारमन्त्रालयको निर्णय अनुसार प्रधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर अवैध आर्थिक कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिएको हो ।
नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत सबै अवैध आर्थिक कारोबार गर्ने एप बन्द गर्ने निर्देशन दिएको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले जानकारी दिए ।