सेलपेको नयाँ वर्ष ‘आयो क्यासब्याक पायो’ अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड (सेलपे) ले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष ‘आयो क्यासब्याक पायो’ योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।
जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ ।
यस अफर अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टप–अपमा ६ प्रतिशत क्यासब्याक, फोन पे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत (रु.१०० को क्याप सहित) छुट, एयरलाइन्स टिकट खरीदमा १ हजार २ सय रुपैयाँसम्म छुट र बस टिकट खरीदमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।