एचआईडिसीएलको शेयर बिक्री प्रक्रिया पुनः स्थगित, आवेदन फिर्ता गरिने, फिर्ता प्रक्रिया यस्तो छ
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक शेयर बिक्री प्रक्रिया स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम कम्पनीको ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद शेयर बिक्री प्रक्रिया स्थगित गरेको हो ।
बोर्डको अर्काे सूचना जाी नगरेसम्म बिक्री प्रक्रिया स्थगित गरिएको हो । बोर्डले यसअघि बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । बोर्डले पुनः बिक्री प्रक्रिया स्थगित गर्न पुनः निर्देशन दिएको हो ।
कम्पनीले फागुन १ गतेदेखि १५ गतेसम्मको लागि दोस्रो चरणमा संस्थापकतर्फको अवितरित हकप्रद शेयर बिक्री गरेको थियो । तर बोर्डको निर्दशन बमोजिम फागुन १३ गतेदेखि रोकिएको थियो ।
कम्पनीको अवितरित हकप्रद शेयरमा फागुन १३ गतेसम्म प्राप्त गोप्य शिलबन्दी बोलपत्र अब फिर्ता गरिने भएको छ । जसका लागि सम्बन्धित बोलपत्रवालाहरुले तोकेको ढाँचामा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । जसम अनुसार सक्कलै शिलबन्दी बोलपत्र फिर्ता गरिनेछ ।
बैंक भौचर आईपीएसमार्फत जम्मा गरेका बोलपत्रवालाहरुको हकमा रकम फिर्ताका लागि कम्पनीले तोकेको ढाँचामा आईपीएसको सक्कल बैंक भौचर स्टेटमेन्टमा राखि निवेदन दिनु पर्ने छ ।
बोलपत्रदाताहरुले निवेदनका साथमा बोलपत्र दर्ता गर्दा विक्री प्रबन्धक तथा संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद, खोलिएको शिलबन्दी बोलपत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजातको प्रतिलिपि समेत पेश गर्नुपर्ने छ ।
बोलपत्रवालाको संकलित बोलपत्र फिर्ता भुक्तानीको प्रक्रियाः
१. शिलबन्दी बोलपत्र फिर्ताको लागि यस कम्पनीले तोकेको ढाँचामा निवेदन दिनु पर्नेछ । निवेदन साथ बोलपत्र दर्ता गर्दाको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ।
२. सक्कलै शिलबन्दी बोलपत्र बोलपत्रवालालाई फिर्ता गरिने छ।
३. बैंक भौचर/IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सम्बन्धित बोलपत्रवालाले रकम फिर्ता पाउनको लागि यस कम्पनीले तोकेको ढाँचामा सक्कल बैंक भौचर /IPS को Statement राखि निवेदन दिनु पर्नेछ।
४. सि.नं. ३ को निवेदनको आधारमा बोलपत्रवालाको रकम निष्काशन बैंकको खातामा जम्मा भएको यकिन गरे पश्चात् बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलि पल्ट जम्मा गरिने छ।
५. Good for Payment Cheque मार्फत बोलपत्र पेश गरेका बोलपत्रवालाहरुको हकमा उक्त Good for Payment Cheque Cancel गर्नका लागि उक्त चेक संलग्न गरी निवेदन दिनु पर्नेछ र उक्त निवेदनको आधारमा चेक जारी गर्ने सम्बन्धित बैंकको नाउँमा Cheque Cancellation Letter उपलब्ध गराइनेछ।
बोलपत्रवालाले पेश गर्नुपर्ने कागजातहरुः
(क) निवेदनहरु (निवेदनहरु यस कम्पनीको वेभसाइट वा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिनेछ)।
(ख) बोलपत्र दर्ता गर्दा बिक्री प्रबन्धक/संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद ।
(ग) खोलिएको शिलबन्दी बोलपत्र।
(घ) बोलपत्रदाताको नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै पनि आधिकारिक कागजातको प्रतिलिपि ।
(ङ) बैंक भौचर /IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सक्कल बैंक भौचर /IPS को Statement













