सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवको अवसरमा ईकेवाईसी सेवा सुरुवात « Arthapath.com
४ चैत्र २०७८, शुक्रबार

सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवको अवसरमा ईकेवाईसी सेवा सुरुवात



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई ईकेवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा संचालनमा ल्याएको छ ।

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको ईकेवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् । आफ्नो केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्र्ने हुन्छ ।

यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अध्यावद्यिकको निवेदन दिन सक्नेछन् ।

डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात गरेको छ । कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्