‘खल्ती’ बाट बैंक ट्रान्सफर निःशुल्क « Arthapath.com
७ चैत्र २०७८, सोमबार

‘खल्ती’ बाट बैंक ट्रान्सफर निःशुल्क



काठमाडौं । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सकिन्छ ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रति दिन १ लाख रुपैयाँ रहेको छ ।

तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सकिने छ । यो अफर चैत्र ७ गतेदेखि बैशाख ६ गते सम्म लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्