सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, बृद्धाश्रम र अस्पताललाई आर्थिक सहयोग « Arthapath.com
७ चैत्र २०७८, सोमबार

सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, बृद्धाश्रम र अस्पताललाई आर्थिक सहयोग



काठमाडौं । सर्वसाधारणलाई भरपर्दो एवं गुणस्तरिय बैंकिङ्ग सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ ।

बैंकले जाजरकोट जिल्लाको श्री हरिशिव प्राथमिक विद्यालय तथा श्री कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको श्री बालमन्दिर माध्यमिक विद्यालय तथा श्री मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको श्री बालमन्दिर आधारभूत विद्यालय, श्री गौरी आधारभूत विद्यालय तथा श्री आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

साथै जुम्ला जिल्लाको श्री जनता माध्यमिक विद्यालय ९प्राबिधिक धार० लाई १ लाख रुपैयाँ, हुम्लाको श्री लालिगुँराश मा.वि, श्री कोट मा.वि तथा श्री हिमज्योती मा.वि प्रत्येकलाई ३३ हजार ३३३ रुपैयाँ हस्तानतरण गरेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको छ ।

यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको छ ।

साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी, कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ हस्तानतरण गरेको छ । उक्त सहयोगले असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे, मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ ।

साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई ५० हजार रुपैयाँ हस्तानतरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्