शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा बन्द भएको छ । नेप्से ०.४८ प्रतिशतले बढेको हो ।
मंगलबार दिनभरिमा २३५ वटा कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर ३६ हजार ७७२ पटक खरिदबिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार प्रभु इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक १५ करोड ३३ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६२८ रूपैयाँ ८० पैसा पुगेको छ । यता एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको शेयरमूल्य सबैभन्दा धेरै ३.६६ प्रतिशत घटेर ४ सय ३९ रूपैयाँमा सिमित भएको छ ।
