नेपालमा दुई नयाँ कोरोना संक्रमित भेटिए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपालमा दुई नयाँ कोरोना संक्रमित भेटिए



काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। एक जनाको भने रिपोर्ट आउन बाँकी छ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए। सोमबार्र यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ। बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

https://artha.appharu.com/bisheshnews/2020/04/13/6600/


प्रतिक्रिया दिनुहोस्