८ कार्तिक २०८३, आइतबार

टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १० गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले १४ औं वार्षिक साधारण सभा चैत २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे बोलाएको हो ।

टेलिकमको उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २० प्रतिशत नगद लाभांश गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ।व। २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ ९घ० को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७८–७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने तथा निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने र २० प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।