जीवन विकास र नेपाल टेलिकमको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

जीवन विकास र नेपाल टेलिकमको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल टेलिकमको शेयरमूल्य समायोजन भएको हो ।

जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयरपश्चात नेप्सेले प्रतिकित्ता ३ हजार रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार १ सय रूपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेपाल टेलिकमको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार २२० रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ४६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्