नेप्सेमा १२ कम्पनीको ५ करोड कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा १२ कम्पनीको ५ करोड कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत्र १ गतेदेखि चैत्र १३ गतेसम्म विभिन्न ९ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा एनएमबि बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी लिमिटेड, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी कूल ४ करोड ८० लाख ३८ हजार ९८५.२७८५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

१. एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस शेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस शेय नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको २ लाख ४१ हजार ९७७.८२५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

५. नेपाल एसबीआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ३६ लाख २५ हजार ५८५.५४ कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस शेयर बापतको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ३१ लाख २८ हजार ८२७.४५५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापतको ५ लाख ८२ हजार ४८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ५२ लाख ९० हजार ७४२.७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनले गत आर्थिक बर्ष २०७६–७७ नाफाबाट कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश गरी कूल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्