नेष्डो समृद्ध लघुवित्तको प्रतिकित्ता ७४७.७० रुपैयाँमा पहिलो कारोबार

काठमाडौं । स्पेशल प्रिओपन सेसनमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार शुरु भएको छ । लघुवित्तको स्पेशल प्रिओपन सेसनमा शेयर प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो । लघुवित्तको पहिलो कारोबार अधिकतम मूल्यबाट नै शुरु भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार लघुवित्तको आईपीओ सूचीकृत भएको थियो । लघुवित्तले सर्वसाधारणलाई वितरण गरेको ८ लाख २८ हजार ७५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको १७ लाख २१ हजार २५० कित्ता शेयर गरी कूल २५ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले शेयर कारोबारका लागि नेष्डो (ल्भ्क्म्इ) सिम्बोल दिएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम २६०.८४ रुपैयाँ र अधिकतम ७८२.५२ रुपैयाँ तोकेको थियो ।