सिद्धार्थ, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको आज शेयरधनी बन्यो भने लाभांश पाइने « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

सिद्धार्थ, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको आज शेयरधनी बन्यो भने लाभांश पाइने



काठमाडौं । आज (चैत्र १६ गते, बुधबार) विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बुधबार सिद्धार्थ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ३ कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी ३ कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीले चैत ३० गते २० औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ ।

त्यसैगरी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत्र २७ गते, आइतबार, बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । लघुवित्तको सभाल् देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले लाभांश पारित गर्न चैत ३० गते बुधबार प्रभु कम्प्लेक्स तीनकुनेमा विहान ११ बजे २६ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्