माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढी १३ मा, शाखा सञ्जाल १६४ पुग्यो « Arthapath.com
१७ चैत्र २०७८, बिहीबार

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढी १३ मा, शाखा सञ्जाल १६४ पुग्यो



काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको चैत्र १७ गते बिहिबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमकाबीच समुद्घाटन गरे । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।

नयाँ शाखा सगैँ कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्