नेप्सेमा रिलायन्स फाइनान्सको १५ प्रतिशतसहित २ कम्पनीको बोसन शेयर सूचीकृत « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्सेमा रिलायन्स फाइनान्सको १५ प्रतिशतसहित २ कम्पनीको बोसन शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगल गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर बापतको २ लाख ९ हजार ३ सय कित्ता बोनस शेयर नेप्समा सूचीकृत भएको हो । कम्पनीलेक गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्