सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच सम्झौता « Arthapath.com
२० चैत्र २०७८, आईतवार

सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल, चितवनबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र्रल ९यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ० र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्