नेप्सेमा २०.०३ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक संस्थाको बोनस शेयर सूचीकृत भएको छ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस शेयर बापतको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।