प्रधानमन्त्री देउवा भारत भ्रमण जाँदा राँगा खरिदको प्रस्ताव ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री देउवा भारत भ्रमण जाँदा राँगा खरिदको प्रस्ताव !



काठमाडौं । नेपाल सरकारले भारतबाट राँगा खरिद गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगा खरिद गर्ने प्रस्ताव गरेको हो ।

नेपालमा दूध उत्पादकत्व र उत्पादन वृद्धिका लागि भारतबाट मुर्रा जातको राँगा खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका बेला नेपालको तर्फबाट भारतबाट मुर्रा जातको राँगा खरिदको प्रस्ताव गरिएको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिएका छन् ।

अनुवांशिक स्रोतका लागि मुर्रा जातको राँगा किन्ने प्रस्ताव गरिएको भएपनि कति संख्या र कति मूल्य पर्ने छ भनेर तोकिएको छैन् । भारतले पनि राँगा दिन तयार रहेको मन्त्री यादवले बताए ।

सम्भव भए चालू आर्थिक वर्षमा नभए अर्को आर्थिक वर्षमा राँगा खरिद गर्ने उनले बताए ।

मुर्रा जातको भैँसीले ४ हजार लिटरभन्दा बढी दूध दिने दाबी गरिएको छ । दूधको उत्पादकत्व र उत्पादन बढाउनकै लागि यसअघि कृषि मन्त्रालयले अमेरिकाबाट उन्नत जातका सातवटा साँढे किनेर ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्