तपाईको हितग्राही खातामा आयो २०.०३११ प्रतिशत बोनस शेयर ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राही खातामा पठाएको छ । लघुवित्तले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा २०.०३११ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।
विजय लघुवित्तको गत पौष २४ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाले पारित भएको २०.०३११ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबा हुने अवस्था भइसकेको लघुवित्तले जनाएको छ ।
साथै पौष ११ गतेसम्म शेयर अभैतिकरण गराएका शेयरधनीहरुका बोनस सम्वन्धित हितग्राही खातामा जम्मा गरिएको छ । हालसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराई आफ्नो बोनस प्राप्त गर्न सकनेछन् ।
