सिभिल लघुवित्तमा ८४ जना कर्मचारी आवश्यकता, यसरी दिनुहोस आवेदन « Arthapath.com
३० चैत्र २०७८, बुधबार

सिभिल लघुवित्तमा ८४ जना कर्मचारी आवश्यकता, यसरी दिनुहोस आवेदन



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले विभिन्न पदका लागि ८५ जना कर्मचारी मागेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत (अनुगम अधिकृत, क्लस्टर प्रमुख (फिल्ड) तथा शाखा कार्यालय पमुख) पदका लागि ५ जना, सहायक कनिष्ठ अधिकृत (अनुगम अधिकृत, क्लस्टर प्रमुख (फिल्ड) तथा शाखा कार्यालय पमुख) पदका लागि ९ जना, वरिष्ठ सहयाक तथा सहायक (शाखा कार्यालय पमुख तथा फिल्ड सहायक) पदका लागि ४५ जना र कनिष्ठ सहायक (फिल्ड सहायक) पदका लागि २५ जना कर्मचारी मागेको हो ।

लघुवित्तको उक्त पदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । लघुवित्तको वेभसाइट मा गएर क्यारियरको भ्याकेन्सी भित्र गई अप्लाई अनलाईन भ्याकेन्सी मार्फत तथा लघुवित्तको पायक पर्ने कार्यालयहरुमा गएरपनि आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्