नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति ब्याज दिन्छ ? « Arthapath.com
१ बैशाख २०७९, बिहीबार

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति ब्याज दिन्छ ?



काठमाडौं । नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा १२.०३ प्रतिशत ब्याजदर तोकिएको छ ।

त्यस्तै, बैंकले विभिन्न बचत खातामा ६.०३ प्रतिशतदेखि ८.०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नबिल प्रिमियम रेमिट्यान्स खातामा भने ९.०३ प्रतिशत ब्याज तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्