कुमारी बैंकले ल्यायो ७ वर्षमा दुई गुणा हुने ‘कुमारी डबल धमाका’ योजना « Arthapath.com
६ असार २०८३, शनिबार

कुमारी बैंकले ल्यायो ७ वर्षमा दुई गुणा हुने ‘कुमारी डबल धमाका’ योजना



काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“ नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो ।

निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी दिएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ ।

आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्