नेप्सेमा ४ कम्पनीको १ करोड १० लाख ७९ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार विभिन्न ४ कम्पनीको शेयर सूचीकृत भएको छ । गत चैत्र २७ गतेदेखि बैशाख २ गतेसम्म नेप्सेमा ३ कम्पनीको बोनस शेयर र १ कम्पनीको ऋणपत्र सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंक, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० लाख ७९ हजार ९८९.४२७३ कित्ता बोनस शेयर र सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र गरी कूल १ करोड १० लाख ७९ हजार ९८९.४२७३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस शेयर वापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको ४ लाख ९६ हजार ८५.८५ कित्ता नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८।१२७३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत गरी कूल २९.१९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, यस साता नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको १०.२५ प्रतिशत ब्याजदर रहेको ‘सिभिल बैंक डिवेञ्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो । बैंकको १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत मंसिर २४ गते शुक्रबारदेखि पुस ७ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले ३ अर्ब रुपैयाँ बरावरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । कूल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट बिक्री गरेको थियो । सर्वसाधारणको लागि निष्काशन गरेको १२ लाख कित्ता ऋणपत्र मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बैंकले १० वर्ष अवधिका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको थियो ।