नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस शेयर र आईपीओ सूचीकृत भएको छ । आइतबार छिमेक लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर र ग्रीन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस शेयर वापतको ४९ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७।७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ४५ हजार ४०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ प्रतिशत बोनस शेयर वापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यस्तै, नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । स्थानिय वासिन्दालाई बिक्री गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको ३१ लाख २५ हजार र कम्पनीका संस्थापक शेयरधनीको २ करोड ५० लाख कित्ता गरी कूल ३ करोड १२ लाद ५० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।