नबिल बैंक सहित यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नबिल बैंक सहित यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी



काठमाडौं । २०७९ वर्षको दोस्रो कारोबार दिन नेप्से राताम्य भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.६० अंकले घटेर २३८५.६४ अंकमा बन्द भएको थियो भने आज ४१.७७ अकंले घटेर २३४३.८७ अकंले बन्द भएको हो ।

सोमबार नेप्सेमा सूचीकृत २२८ कम्पनीले ३८ लाख ६२ हजार ४४७ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५२ करोड ५९ लाख २७ हजार ६५५ रुपैयाँ कारोबार भएको हो । साताको दोस्रो दिन नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिन पुगेको छ ।

आज १ अर्ब ५२ करोड रुपैयाँको कारोबार हुदाँ नबिल बैंकले सर्वाधिक कमाएको छ । कम्पनीले आज ४ करोड ९६ लाख २६ हजार ५५५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको ४ करोड ९२ लाख ३३ हजार, महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख ५२ हजार, निफ्राको ३ करोड ७२ लाख ६ हजार, सिद्धार्थ इन्स्योरेन्सको ३ करोड ६८ लाख ३० हजार, उपर तामाकोशी हाइड्रोपावरको ३ करोड ५८ लाख ६० हजार, अरुण ब्यालि हाइड्रोपावरको ३ करोड २९ लाख ८८ हजार रुपैयाँ कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्