आईपीओ निष्काशनको अनुमति माग्दै २ लघुवित्त कम्पनी धितोपत्र बोर्डमा, कुन कम्पनीको कति ?
काठमाडौं । आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि विभिन्न २ कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन । अभियान लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन ।
अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँको आईपीओ निष्काशनका लागि बोर्डमा चैत ३० गते निवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ९ लाख ७५ कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै चैत २१ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २ लाख ३ हजार ३८० कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।













